☰ open

शताब्दी पुरुष जोशीको अन्तिम बिदाई यसरी गरिँदैछ

२०७९ आश्विन ३०, आईतवार ११:००
media khavar

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन ललितपुर महानगरपालिकाको प्रांगणमा पनि राखिने भएको छ । साढे १२ बजेदेखि ४ बजेसम्म उनको पार्थिव शरीरलाई ललितपुर महानगरमा राखिएको भएको हो ।

जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर४५ मिनेटसम्म किष्ट अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने तयारी भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १० ४५ देखि ११ बजेर ३० मिनेटसम्म परिवारका सदस्यले परिवारले गर्नुपर्ने कार्य गर्ने, कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर३० मिनेटसम्म राखिनेछ ।

र त्यसपछि ललिपुर महानगरमा साढे १२ बजेदेखि ४ बजेसम्म राखिनेछ । र फेरि। किष्ट अस्पतलालाई नै शव हस्तान्तरण गरिनेछ ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु पनि आउने ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights