☰ open

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि लतितपुर महानगरमा राखियो

२०७९ आश्विन ३०, आईतवार १३:४५
media khavar

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि लतितपुर महानगरपालिका लगिएको छ ।

ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको नगरप्रहरी र नेपाल प्रहरीको स्कर्टिङमा पार्थिव शरीर ललितपुर लगिएको हो ।

दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जली दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिनेछन्। त्यसपछि पार्थिव शरीर अस्पतालमा राखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights