☰ open

नवौं राष्ट्रिय खेलकुद : ४०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

२०७९ कार्तिक १, मंगलवार १०:२२
media khavar

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४०० मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

कुमालले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान तोडेका हुन् । एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९.४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८औं स्वर्ण पदक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights