☰ open

४ सय मिटर हर्डल्समा आर्मीका रामलाई स्वर्ण

२०७९ कार्तिक २, बुधबार १०:३२
media khavar

पोखरा । त्रिभुवन आर्मी क्लबका राम प्रसाद थारुले ४ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगाशालाको ट्याकमा बुधबार बिहान सम्पन्न दौडमा निर्धारित दुरी ५३.५३ सेकेन्डमा पुरा गर्दै रामले स्वर्ण जिते ।

यस्तै, आर्मीकै जिवन चौधरीले निर्धारित दुरी ५३.८९ सेकेन्डमा पुरा गर्दै रजत पदक जिते ।एपीएफका निर प्रताप महत्तो निर्धारित दुरी ५३.३२ सेकेन्डमा पुरा गर्दै कांस्य जित्न सफल भए ।

महिला तर्फको ४ सय मिटर हर्डल्सको स्वर्ण यसअघिनै आर्मीकै जयरानी थारुले जितीसकेकी छिन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights