☰ open

एथलेट्क्सिको ८ सय मिटर दौडमा आर्मीका सोम र फुलमतीले स्वर्ण पदक जिते

२०७९ कार्तिक २, बुधबार १०:३९
media khavar

पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेट्क्सिको ८ सय मिटर दौडमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमाल र महिला तर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।

निर्धारित दुरी १ मिनेट ५५.५२ सेकेन्डमा पुरा गर्दै सोमले स्वर्ण जितेका हुन् । रजत विजेता नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले निर्धारित दुरी १ मिनेट ५५.२१ सेकेन्डमा पुरा गरे । आर्मीका सुनिल सुनारले कास्य जिते । उनले निर्धारित दुरी १ मिनेट ५५.५२ सेकेन्डमा पुरा गरे ।

महिला तर्फको खेलमा निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पुरा गर्दै फुलमतिले स्वर्ण जितिन् । आर्मीकी सरस्वती भट्टराई निर्धारित दुरी २ मिनेट २७.५० सेकेन्डमा पुरा गर्दै रजत पदक विजेता बनिन् । आर्मीकै रेखा लिम्बु २ मिनेट ३०.४८ सेकेन्डमा निर्धारित दुरि पुरा गर्दै कांस्य जितिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights