☰ open

भारतमा फेरि बढे कोरोना संक्रमित, एकै दिन थपिए २ हजार बढी नयाँ संक्रमित

२०७९ कार्तिक ३, बिहीबार १३:०१
media khavar

काठमाडौं । भारतमा कोरोना संक्रमण फेरि बढेको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहीबारमात्र भारतमा २ हजार १४१ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार ५४० पुगेको छ । विगत १५ दिनभित्र भारतको महाराष्ट्रमा मात्र १८ जनामा ओमिक्रोनको सब भ्यारियन्ट एक्सएक्सबी संक्रमण भएको छ । महाराष्ट्र स्वास्थ्य विभागका अनुसार नोभेम्बरको बीचमा एक्सएक्सबी संक्रमण उच्च विन्दुमा पुग्ने सम्भावना छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले बुधबारमात्र कोरोना भाइरस संक्रमण हालसम्म पनि विश्व स्वास्थ्य संकटको रुपमा कायमै रहेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठकपछि विश्व स्वास्थ्य संगठनले उक्त घोषणा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights