☰ open

जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि गाउँपालिकाले दुई लाख उपलब्ध गराउने

२०७९ कार्तिक ३, बिहीबार १३:१२
media khavar

काठमाडौं, । बझाङको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप रु दुई लाख उपलब्ध गराउने भएको छ ।

मष्टा गाउँपालिका वडा नम्बर १ तुफानडाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रु दुई लाख उपलब्ध गराउने जानकारी दिएका छन् ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका वडा नम्बर २ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफानडाँडामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।

यसैबीच बझाङको मष्टा गाउँपालिकामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।–

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights