☰ open

कर्णाली राजमार्गको पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

२०७९ कार्तिक ४, शुक्रबार १३:३९
media khavar

काठमाडौं, । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो।

यही राजमार्ग भएर देशका विभिन्न स्थनमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन्। अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ। स्थानीय प्रशासन, स्थानीय तह र सडक डिभिजन कार्यालयका प्रतिनिधि राजमार्गको पहिरो हटाउन रातदिन सडकमै रहेर तीव्र गतिमा काम गरिरहेको कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

अविरल वर्षाको बाढीपहिराले कर्णाली राजमार्ग छेदविच्छेद भएको थियो। पहिरो पन्छाउने काम निरन्तर चलिरहेको छ। सुर्खेतदेखि कालीकोटको शेराबाडासम्म सवारी साधन सहजरुपमा चलिरहेका छन्। कार्यालय प्रमुख श्रेष्ठले भने, ’झन्डै १५ देखि २० डोजर पहिरो पन्छाउन काममा प्रयोग गरिएको छ।’

ठूलाठूला ढुङ्गाको पहिरो आएकाले ब्लास्ट गर्ने काम पनि भइरहेको छ। प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र नेपाली सेनाको सक्रियतामा सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए। नाग्म–गमगढी राजमार्गको जम्मा ९३ किलोमिटरमध्ये १३ किलोमिटरभित्रको पहिरो हटाउन काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights