☰ open

मधेशका मुख्यमन्त्रीसहित मन्त्रीहरु चढ्ने गाडीको विवरण माग्यो निर्वाचन आयोगले

२०७९ कार्तिक १८, शुक्रबार १०:३५
मिडियाखबर

मधेशका मुख्यमन्त्री लालबाबुसहित मन्त्रीहरुले चुनाव प्रचारमा सरकारी सवारी साधन निजि नम्बर प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको हो । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले प्रयोग गर्ने गाडीको विवरण माग गरेको छ । उजुरीपछि आयोगले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयसँग सवारीसधानको विवरण माग गरेको हो ।

मुख्यमन्त्री र मन्त्री र प्रदेशसभाका विभिन्न समितिका निवर्तमान सभापतिहरुले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा हिँडेको उजुरी परेको छ । उल्लिखत पदाधिकारीहरुलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु‘फिर्ता गरी दाखिला भए नभएको यकिन विवरणसमेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयअनुसार अनुरोध गरिन्छ’ आयोगले पठाएको पत्रमा उल्लेख छ ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights