☰ open

भारत सरकारद्वारा ८० वटा सवारी साधन निर्वाचन अयोगलाई सहयोग

२०७९ कार्तिक १८, शुक्रबार ११:०५
मिडियाखबर

४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग गरेको छ। बिहीबार एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन्।

भारत सरकारले निर्वाचन प्रयोजनका लागि आयोगलाई उक्त संख्यामा सवारी साधान सहयोग गरेको हो। नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित रहेको बताए।

आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य रहेको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि धन्यवाद दिए।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights