☰ open

स्रोत नखुलेको रकमसहित काठमाडौंबाट तीन जना पक्राउ

२०७९ कार्तिक १८, शुक्रबार ११:२३
मिडियाखबर

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ३१ लाख ८१ हजार ३८५ रुपयाँसहित भारत नयाँदिल्ली घर भई ठमेलमा बस्ने कमलकान्त कुल्थिया, राजस्थान घर भई ताहाचल बस्ने किशन गोपाल र सप्तरी घर भई नक्साल बस्ने निर्मलकुमार अग्रवाललाई प्रक्राउ गरेको जनाएको छ ।

हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि पक्राउका लागि टोली परिचालन गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैङ्क ऐन २०५८ अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………………

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights