☰ open

निहारिकाका छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठसँग डीएनए मिल्यो

२०७९ कार्तिक १८, शुक्रबार १५:५१
मिडियाखबर

उच्च अदालत जनकपुरले डीएनए टेस्ट गराउन आदेश दिएपछि निहारिकाका छारा र श्रेष्ठको डीएनए पीक्षण गरिएको थियो । बलात्कार भएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपूतका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको उच्च अदालत जनकपुरका रजिस्ट्रार  खड्कराज अधिकारीले जानकारी दिए ।

आफ्नो बच्चा र आरोपीको डीएनए परीक्षण गराउनुपर्ने माग गर्दै निहारिका आमरण अनशनसमेत बसेकी थिइन् । अनशन तोडाउन तत्कालीन् कानुनमन्त्री गोविन्द बन्दीले डीएनए परीक्षणका लागि आफू पहल गर्ने बताएका थिए ।निहारिकाले कुमारी आमाहरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँचन पाउने संवैधानिका अधिकारको सुनिश्चितताका लागि पनि सरकारले पहल गर्नुपर्ने माग गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights