☰ open

मधेशमा सामाचकेवा पर्व विर्सजन गरिँदै

२०७९ कार्तिक २१, सोमबार १४:३८
मिडियाखबर

कात्तिक शुक्ल पञ्चमी अर्थात छठपर्वको खरनादेखि कार्तिक पूर्णिमासम्म मिथिलाको घरघरमा दिदीभाइको प्रेमको प्रतीकका रूपमा सामाचकेवा पर्वमा साँझ पर्नासाथ मैथिली परम्परागत गीत गाएर पर्व मनाउने गर्दछ। उनले भनिन्, ‘घरबाट ल्याएको टोकरीमा दियो बाली सामा गीतसँगै सामा राखिएका टोकरी एक आपसमा साटासाट गर्दै सामा खेल्ने परम्परा रहेको छ। टोकरी साटासाट गर्नुको अर्थ हो-आपसी सद्भाव, टोल-छिमेकका दाजुभाइ र दिदीबहिनी साझा हुनु हो र यसले मैथिल संस्कृति परम्परालाई जोगाएर पनि राखेको छ, महताले बताइन् ।

उनका अनुसार आजराति पायक पर्ने खाली खेत वा जलाशयमा गई माटाले कलात्मक आकारमा निर्मित सामाचकेवालाई विर्सजन गरिनेछ।

मिथिलामा मनाइने दिदीभाइको पर्वमध्ये यो तेस्रो पर्व हो। यसअघि जनै पूर्णिमाको दिन मनाइने रक्षा बन्धन (राखी) र भाइटिकाको दिन मनाइने भाइदुजपछि सुरु भएको दिदीभाइको तेस्रो पर्व यो सामाचकेवा हो।

सामामा बनाइएका पात्रहरू श्यामा (सामा), चकेवा (चक्रवाक), शाम्व, चुगला, सतभैया, झारझुर कुकुर, बृन्दावन लगायतलाई पनि आजै विर्सजन गरिँदैछ।

जुन पात्रको कलात्मक स्वरूप माटो, जुट, करजन्नी लगायतका स्थानीय उत्पादनबाट निर्माण गरिन्छ।

झिझिया, जट-जटिन, डोमकच र सामाचकेवाजस्ता पर्वमा मिथिलामा गाइने लोक गीतले मिथिलाको संस्कृति जगेर्नामा मद्दत पुगेको संस्कृतिविदहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights