☰ open

चुनावी प्रचारमा सरकारी गाडी प्रयोग गरेको भन्दै गाडी नियन्त्रणमा

२०७९ कार्तिक २१, सोमबार १४:४७
मिडियाखबर

सरकारी गाडी चुनावी प्रचारप्रसारमा प्रयोग गरेको भन्दै बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराले स्थानीय प्रशासनको आदेशमा विश्वकर्मा चढेको गाडी औराहास्थित उनको घरबाट शुक्रबार नियन्त्रणमा लिएका हो । निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको हो ।

विश्वकर्माले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।

निवर्तमान प्रदेशसभा सदस्य विकले नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरुप सरकारी गाडी सुविधा पाएका थिए ।

तर, विकले प्रदेशसभा सदस्यको कार्यकाल सकिनासाथ नेकपा एमाले प्रवेश गरेपनि गाडीको सुविधा भने प्रयोग गर्दै आएका थिए ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका प्रमुख पर्शु पोखरेलले निवर्तमान प्रदेशसभा सदस्य विकले सरकारी गाडी एमालेको चुनाव प्रचार प्रसारमा प्रयोग भइरहेको गुनासो आएकाले स्थानीय प्रशासनमार्फत गाडी नियन्त्रणमा लिइसकेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights