☰ open

लोसपा अध्यक्ष ठाकुरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

२०७९ कार्तिक २२, मंगलवार ०९:५२
मिडियाखबर

निर्वाचन आयोगले महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुलाई स्पष्टीकरण सोधेको छ।

चुनाव प्रचारप्रसारका क्रममा लोसपा अध्यक्ष ठाकुरले आफ्नो चुनाव चिह्न अंकित पम्पलेट बालबालिकाबाट वितरण गर्न लगाएको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

निवार्चन आचारसंहिताविपरित काम गरेको भन्दै आयोगले लोसपा अध्यक्ष ठाकुरलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा आफ्नो जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुनेगरी स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights