☰ open

तयार रहन प्रहरी महानिरीक्षकको निर्देशन

२०७९ कार्तिक २२, मंगलवार ११:११
मिडियाखबर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

राष्ट्रिय राजनीतिको दृष्टिले निर्वाचन महापर्व भएकाले त्यस क्रममा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहनु पर्ने भन्दै उहाँले निर्वाचन विथोल्न खोज्नेहरुप्रति अहिल्यै सचेत रहनुपर्ने बताउनुभयो ।

सुरक्षा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीको कामबाट झल्कने भएकाले त्यही नै कमाण्डरको मूल्यांकनको आधार हुने उहाँको भनाइ थियो ।

प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखहरुलाई आज मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । महानिरीक्षक सिंहले निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु-याउन पनि निर्देशन दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights