☰ open

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका ऊर्जामन्त्री बर्खास्त

२०७९ कार्तिक २२, मंगलवार १४:४०
मिडियाखबर

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई पदमुक्त गर्न प्रदेस प्रमुखसमक्ष पत्र पठाएका छन्।

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा भोट मागेको आरोप लागेपछि मुख्यमन्त्री पोखरेलले मन्त्री आचार्यलाई पदमुक्त गर्न लागेका हुन्।

गण्डकी सरकारमा ऊर्जामन्त्री रहेका आचार्यको गोरखा क्षेत्र नम्बर २ मा पर्दछ।

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेस प्रमुखलाई पत्र पठाइएको छ।

२०७४ सालको निर्वाचनमा आचार्य बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेससभा सदस्यमा निर्वाचित भएका थिए।

पछिल्लो समय उनले गोरखामा प्रचण्डका विरूद्ध मत मागेको आरोप लागेको थियो।

आचार्यले आफूविरूद्ध मत मागेको भन्दै प्रचण्डले बाबुराम भट्टराईलाई गुनासो गरेको थियो। यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको स्रोतले जनाएको छ।

अहिले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका आचार्य मंसिर ४ गते हुन लागेको प्रदेससभा निर्वाचनमा गोखरा २(२) बाट उम्मेदवारका आकांक्षी थिए।

नेपाल समाजवादी पार्टीले फणिन्द्र देवकोटालाई उम्मेदवार बनाएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights