☰ open

उम्मेदवारको पक्ष वा विपक्षमा लाग्ने प्रहरी प्रशासनमाथि तत्काल कारबाही हुने

२०७९ कार्तिक २८, सोमबार १५:४६
मिडियाखबर

स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्षरविपक्षमा लागेर काम गरेको पाएमा सम्बनिधत व्यत्तिको काम नै धरापमा पर्न सक्ने चेतावनी पनि दिदै भण्डारीले त्यस्तो देखेमा आयोगलाई जानकारी गराउन सञ्चारमाध्यामहरुलाई आग्रह समेत गरेका छन् । निर्वाचन आयोगले चुनावको बेला उम्मेदवारहरुको पक्ष वा विपक्षमा लाग्ने प्रहरी प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनका समयमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही गर्ने बताएका हुन् ।

आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतकाकार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको दाबी गर्दै भण्डारीले भने, ‘दलहरुको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौं । कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरुको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ । यति ठूलो जोखिम उठाउनु पर्छ कि उहाँहरुको त्यो सेवाअवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ ।’

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिने प्रतिबद्धता व्क्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights