मिडियाखबर

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको ७२ घण्टाअघि नेपाल–भारत जोडिएका सीमा बन्द हुने भएको छ। सुरक्षा अधिकारीबीच भएको बैठकले ७२ घण्टाअघि नाका बन्द गर्ने निर्णय गरेको हो । यस्तै बैठकले निर्वाचनलाई मध्यनजर गरी दुवै पक्षले प्रभावकारी रूपमा सबारी साधनहरूलाई चेकजाँच गर्ने निर्णय गरेको छ।
मतदानका दिन आकस्मिक र अतिआवश्यक सेवाका लागि प्रयोग हुनेबाहेक सवारी साधनको आवागमनमा पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ। त्यस्तै निर्वाचन अवधिभर भारतीय पक्षका बोर्डर आउटपोस्टका एसएसबी चेक पोस्टका साथै नेपाली चेक पोस्टका सिमाना चौकीहरूलाई सुदृढ बनाइ सबै प्रकारका सवारी साधनको चेकजाँच गर्ने दुवै पक्षले संयुक्त गस्ति गर्ने, गस्ति गर्ने मार्गहरू सुरक्षा इकाइका स्तरमा बाँडफाँट गर्ने निर्णय भएको प्रहरीले जनाएको छ।
मतदान समाप्त हुनुअघिको ७२ घण्टाको अवधिलाई सुखा दिवसको रूपमा मनाइ मदिरा ओसारपसारलाई नियन्त्रण गर्न नेपाली पक्षबाट हरसम्भव प्रयास गर्ने दुवै पक्षबीच सहमति भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया