☰ open

महानगरको तयारी खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने

२०७९ कार्तिक २८, सोमबार १६:०५
मिडियाखबर

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बन्ने भएको छ । काठमाडौं महानगरपालिकाले बेसमेन्ट निर्माण गरी पार्किङ बनाउने भएको हो । पार्कि निर्माणका लागि आन्तरिक तयारी भइरहेको महानगरका मेयर बालेन्द्र शाहको सचिवालयले जनाकारी दिउकोृ छ । अण्डर ग्राउण्ड पार्किङ सार्वजनिक–निजी–साझेदारी पिपिपि अवधारणामा निर्माण हुने महानगले जानकारी दिएको छ ।

महानगरले चालू आर्थिको वार्षिक बजेटमै यो कुरा उल्लेख गरेको थियो ।
महानगरको बजेटको बुँदा नम्बर १११ मा बढ्दो सवारी चापलाई मध्यनजर गरी वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । महानगरको मातहत पर्ने खुलामञ्चमा गत वर्षको बैशाखदेखि सवारीसाधन जान दिइएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights