☰ open

वैदेशिक रोजगार विभागका नायब सुब्बा ६२ हजार घुससहित पक्राउ

२०७९ कार्तिक ३०, बुधबार १६:३३
मिडियाखबर

सेवाग्रहीबाट घुस लिइसकेको ३० हजार र स्रोत नखुलेको ३२ हजार ५५ रूपैयाँसहित उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा पाण्डेलाई ६२ हजार ५५ रूपैयाँ नगदसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ६२ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियारको टोलीले पाण्डेलाई उनको कार्यकक्षबाटै पक्राउ गरेको हो। वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारू गर्नका लागि सेवाग्रहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियारको टोलीले छापा हानेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights