☰ open

गोरखा क्षेत्र नं. २ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी

२०७९ मंसिर ८, बिहीबार १०:१३
मिडियाखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट विजयी भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको स्रोतले बतायो ।

प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार प्रचण्डले २६ हजार १०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले १२ हजार ६३७ र एमाले उम्मेदवार अब्दुस मियाले ७ हजार ३९३ मत पाए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights