☰ open

महोत्तरी– २ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित

२०७९ मंसिर ९, शुक्रबार १५:३०
मिडियाखबर

महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्याए । यस्तै एमालेका राम परीक्षण यादवले १० हजार २५८ , जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत मात्र पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights