☰ open

सुकुम्बासी हतियारधारीलाई कारबाही गर्न महानगरको उजुरी

२०७९ मंसिर १५, बिहीबार १०:५५
मिडियाखबर

बागमती किनारको सुकुमबासी बस्ती हटाउन खोज्दा घरेलु हतियारसहित आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरले प्रहरीलाई पत्राचार गरेको छ। आक्रमणमा सहभागी भएका राजु तामाङ, दीपकजंग कुँवर, हुकुम लामा र नारायण परि श्रमीलाई प्रक्राउ गरी आवश्यक कानुनी कारबाही गर्न महानगरले प्रहरी परिसरलाई पत्र लेखेको हो।

गृह मन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ दिएर काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार काफ्लेद्वारा हस्ताक्षरित पत्रमा कारबाही गरिनुपर्ने व्यक्तिहरूको नामसमेत उल्लेख गरिएको हो। हतियारसहित आक्रमणमा उत्रिएकालाई कारबाही गर्न पत्रमा आग्रह गरिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बुधबार पत्र प्राप्त भएको बताए।

उनले भने, ‘हामीले अनुसन्धान सुरु गरेका छांै। आवश्यक सूचना तथा प्रमाण खोजिरहेका छौं। गैरकानुनी काम गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन।’ सोमबार बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयले हतियारसहित आक्रमण गरेका थिए। आक्रमणमा महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित नगर प्रहरीहरू घाइते भएको उल्लेख छ।

सुकुमवासीहरूको आक्रमण र आन्दोलनपछि केही समयका लागि बस्ती हटाउने कार्य रोकेको छ। सहायक प्रवक्ता काफ्लेले भने, ‘पुनः सूचना जारी गरेका छौं। अतिक्रमण गरेका जग्गा सबैले खाली गरिदिनुहोस्। यस कार्यमा हामी निरन्तर लाग्नेछौं। प्रक्रिया पूरा गरेर सुकुमवासी बस्ती हटाउने निर्णय गरेका छौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights