☰ open

निधि र डा. राउतबीच भेटघाट गठबन्धनमा सहभागी हुन निधिको प्रस्ताव

२०७९ मंसिर १५, बिहीबार ११:०५
मिडियाखबर

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। मध्यबानेश्वरस्थित निधि निवासमा दुवै नेताबीच भेटवार्ता भएको हो। भेटघाटका क्रममा कांग्रेसका पूर्वउपसभापति निधिले सत्ता गठबन्धनमा सहभागी हुन राउतलाई आग्रह गरेका छन्। करिब एक घण्टासम्म चलेको भेटघाटका क्रममा निधिले निर्वाचनमा पहिलोपटक भाग लिएर निर्वाचित भएको र जनमत पार्टी राम्रो संख्यामा विजयी भएकोमा बधाइ दिएका थिए।

अहिलेको गठबन्धनमा सामेल भएर संघ र प्रदेसमा सरकार गठनमा सहभागी हुन निधिले राउतलाई प्रस्ताव गरेको थिए। यो प्रस्तावमा जनमत पार्टीका अध्यक्ष राउतले आफू सकारात्मक भएको बताएको निधिको सचिवालयले जनाएको छ।

‘उहाँले म सुरूदेखि नै शान्ति र लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति हो। जनमत पार्टी नेपाली कांग्रेस र गठबन्धनसँग केन्द्र तथा प्रदेसमा सहकार्य गर्न तत्पर रहेको छ,’ राउतको भनाइ उद्धृत गर्दै निधिको सचिवालयले भन्यो।

……………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights