मिडियाखबर
मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।
मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा मधेशी समुदायमाथि अपमानजनक शबक्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।
समाजमा चेतनाको स्तर अझै पनि नबढेकोले गर्दा मधेशी समुदायले समय-समयमा यस्ता विभेदपूर्ण कुराको सामना गर्नु परिरहेको अध्यक्ष दत्तले बताए । उनले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीप्रति आफु सचेत रहेको तथा आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अघि बढाउने गरेकोसमेत बताए ।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताए ।
……………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………………
फेसबुकबाट तपाईको प्रतिक्रिया