☰ open

तीन महिनाभित्र जन्मसिद्ध नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने – रघुवीर महासेठ

२०७९ मंसिर १६, शुक्रबार १०:०८
मिडियाखबर

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।

नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।

उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।

नागरिकता नपाएर करिब ६/७ लाखजना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights