२०७९ मंसिर १६, शुक्रबार १०:१५
मिडियाखबर

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। उनले संघ र प्रदेसमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताएका छन्।
‘गठबन्धन र कांग्रेससँग संघीय तथा प्रदेस दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ। भेटवार्ताका क्रममा राउतले अहिलेको गठबन्धनलाई सहयोग गर्ने आफू तयार रहेको जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ।
पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका राउत जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
यस्तै समानुपातिकतर्फको मतगणनामा पनि जनमत पार्टीले थ्रेसहोल्ड कटाइसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया