☰ open

अब मेलम्चीकाे पानी ल्याउन दबाब दिन्छु – प्रकाशमान सिंह

२०७९ मंसिर १६, शुक्रबार १२:०४
मिडियाखबर

नेता सिंहले संघीय सरकारले चासो नदिँदा अहिले मेलम्चीको पानीको व्यवस्थापन काम चलाउ मात्रै भइरहेको गुनासो स्थानीय तहले गरेको बताए । नेता सिंहले मेलम्ची खानेपानी वितरण बोर्डलाई गत आर्थिक वर्षको बजेटबाट नै रद्ध गरिएका कारण कर्मचारीहरूले तलब पाउन नसकेको र बोर्डलाई के गर्ने भन्ने बारेमा सरकारले निर्णय लिनुपर्ने स्थानीयहरूको माग रहेको हो ।

उनले आफू काठमाडौंबाट पुनः निर्वाचित भएकाले अबको दिनमा संसद र सम्बन्धित निकायहरूमा काठमाडौंमा मेलम्चीको पानी लैजानका लागि दबाब र उचित व्यवस्थाको पहल गर्न लागिपर्ने छन् । उनले काठमाडौंमा पानी पठाइसकेपछि उठेको २५ प्रतिशत पैसा स्थानीय पालिकाहरूलाई दिनपर्ने र त्यसमा कुनै तलमाथि हुनु नहुने स्थानीय तहको माग रहेको पनि हो ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताएका हो। नेता सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गाैरबको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयहरूले बताएको भन्दै अबका दिनमा संघीय सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रूपमा काठमाडौं उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने हो ।

निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरूको चुनावी एजेण्डा मात्रै हो भन्नेजस्ता प्रश्न गरेकाले आफू पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको बताए । आज मेलम्ची अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संघीय सरकारले अहिले पनि मेलम्चीबासीका समस्या नसुनेको स्थानीयहरूको गुनासो रहेको हो ।

उनले जटिलताको समयमा काम गर्दा पनि कर्मचारीहरूले तलब पाउन नसकेको बताउनु भयो । नेता सिंहले कर्मचारीहरूको तलब र आवश्यक कामहरू अघि बढाउने कुरामा संघीय सरकारले कन्जुस्याइँ गर्नु नहुने हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights