२०७९ मंसिर १६, शुक्रबार १२:३६
मिडियाखबर
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीन जाने भएका छन् ।
चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको हो । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हो ।
पुरानै रोग वंशाणुगत रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया