२०७९ मंसिर १९, सोमबार ११:२७
मिडियाखबर

दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३१७ को झिनो मतान्तरले पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत प्राप्त गरेका छन्। कार्की निर्वाचित भएसँगै प्रत्यक्षतर्फ माओवादी केन्द्रको प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया