☰ open

पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्दै

२०७९ मंसिर १९, सोमबार ११:४४
मिडियाखबर

सत्ता गठबन्धनको बैठक आज बस्दै छ। चुनाव सम्पन्न भएयता पहिलोपटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। ४ मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ५७ सिट जितेको छ। यस्तै माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्।

दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो। यसबीचमा शीर्ष नेताहरू एकआपसमा भेटघाट गरे पनि गठबन्धनको औपचारिक बैठक बसेको थिएन।

बैठकमा चुनावको परिणामबारे समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ। गठबन्धनका घटक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यसपालि मिलेर चुनाव लडेका थिए।

समानुपातिकतर्फ समेत प्राप्त हुने सिटलाई हेर्दा सत्ता गठबन्धनले सरकार बनाउने सम्भावना देखिएको छ। यस्तै प्रदेसतर्फको सिटको हिसाबले पनि सत्ता गठबन्धनले नै सरकार बनाउने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights