२०७९ मंसिर १९, सोमबार १३:२५
मिडियाखबर

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (Top Up) गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले रु. २००।, रु. ५००। र रु. १०००। दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको टेलिकमले जनाएको छ।
रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ।
त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ।
यो अफर मंसिर २० देखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले बताएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया