२०७९ मंसिर १९, सोमबार १३:४१
मिडियाखबर

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प उठिबास गराउन नपाउने भन्दै प्रदर्शन गरेका छन्। सरकारले आफूहरूमाथि गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा सुकुम्बासीमाथि प्रदर्शन भएको छ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प उठिबास गराउन नपाउने भन्दै प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छन् ।
उनीहरूले माइतीघरबाट नयाँ बानेश्वरसम्म जुलुससहित प्रदर्शन गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया