☰ open

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीको कार्यालय दाङ सारियो

२०७९ मंसिर २०, मंगलवार १०:३१
मिडियाखबर

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा मुख्यमन्त्रीको कार्यालय सारिएको हो। मुकामको रुपमा बुटवलमा रहेको कार्यालय गय राति दाङ सारिएको हो।

निर्वाचन लगतै तयारी गरिएपनि केही ढिला गरि राजधानी सरिएको हो। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न रुपन्देहीका एमाले र काङ्ग्रेसका नेताहरुले विरोध गरिरहेका थिए।

बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचरलगायत सामानहरु दाङ सारिएपछि अब दाङबाट नै काम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

नवनिर्वाचित सांसदहरूलाई दाङको प्रदेशसभा भवनमा सथप ग्रहण समेत गराउने गरी प्रदेश सरकारले तयारी थालेको छ।

प्रदेश  प्रशासनिक परिसरभित्र प्रदेशसभा भवन, प्रदेशसभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरू रहनेछन्। मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित ८ वटा मन्त्रालय  राखिनेछ। अन्य भने मन्त्रालय भने परिसर बाहिर राखिने छ। त्यस्तै संसदीय दलको कार्यालय पनि राखिने छ। यसअघि दाङमा पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य मन्त्रालय सुरुदेखि नै स्थायी राजधानीमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights