मिडियाखबर

एमाले नेतृत्वले कांग्रेसलाई ५ वर्षकै लागि एकल सरकार बनाउन लिखित सहमति नै दिने प्रतिबद्धता पनि जनाएको छ। हालसम्म प्रत्यक्षतर्फ १६५ सिटको निर्वाचनको परिमाण आइसकेको छ । निर्वाचनको अन्तिम परिणामअनुसार प्रत्यक्षमा ५७ सिट जितेर कांग्रेस पहिलो दल भएको छ भने एमाले दोस्रो हुँदै ४४ सिट जितेको छ। यता समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले ल्याएको छ। उसले ३४ सिट पाउने सम्भावना छ भने कांग्रेस समानुपातिकमा दोस्रो भएको छ।
एमालेका नेताहरूले कांग्रेसलाई एकल सरकार बनाउनसमेत आफूहरूको सहयोग हुने प्रस्ताव राखेका छन्। एमालेका एक उच्च नेता भन्छन्, ‘कांग्रेसले पाँचै वर्षका लागि सरकार बनाओस्। हाम्रो पूर्ण समर्थन रहन्छ। हामी सरकारमा जानुभन्दा पार्टी सुदृढीकरणमा जुट्ने छौं। तर, राजनीतिक स्थिरताका लागि कांग्रेसकै सरकार उचित हुन्छ।’
सत्तारुढ गठबन्धन दर्बिलो गरी अघि बढ्ने निर्णय लिइरहेको छ। अर्कातिर, कांग्रेस र एमालेका केही उच्च नेता भने दुई दल मिल्नुपर्ने पहलमा लागेका छन्। धेरै साना दललाई समटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनुपर्ने उनीहरूको धारणा छ।
सत्तारुढ गठबन्धनको बहुमत नभएको र माओवादीले बार्गेनिङ गरिरहेको कारण कांग्रेस पनि एमालेको समर्थनमा सरकार बनाउन लचक छ । देउवा र ओली निकटका नेता यो गृहकार्यमा व्यापक रूपमा लागेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमानसिंह भेटघाट पनि भइसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया