☰ open

 इन्गेजमेन्ट पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्महत्या’

२०७९ मंसिर २०, मंगलवार १२:२३
मिडियाखबर

इन्गेजमेन्ट पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्महत्या’ गरेकी छन् । गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

तर, अरू प्रहरी अधिकारीहरूका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । केही दिनअघि मात्र इन्गेजमेन्ट टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ ।

घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights