☰ open

नेप्सेमा बुधबार दोहोरो अंकले घटेका

२०७९ मंसिर २१, बुधबार १६:२६
मिडियाखबर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाैथाे दिन बुधबार दोहोरो अंकले घटेका छन् । आज नेप्से १६. ६१ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा बन्द भएका छन् ।

शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ३७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.५० रुपैयाँ पुगेको छ

नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई बैंकको शेयरमूल्यमा गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंक लिमिटेड प्रोमोटर शेयरको भएको छ । यसको आज ६७ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights