☰ open

चोलेन्द्रलाई रोक्न धर्नामा बसेका वकिलहरूमाथि जुत्ता प्रहार

२०७९ मंसिर २१, बुधबार १६:३१
मिडियाखबर

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बाटो छेक्न सर्वोच्च अदालतको गेटमा धर्ना बसेका वकिलहरूमाथि जुत्ता प्रहार भएको छ। राणाको समर्थनमा उत्रिएकी अभियान्ता तारा बरालले वकिलहरूमाथि जुत्ता प्रहार गरेकी हुन्।

संसद सचिवालयको पत्रपछि सर्वोच्च फर्किने तयारी गरेका राणालाई रोक्न वकिलहरू गेटमा धर्ना दिइरहेका छन्। अभियान्ता बराल धर्ना स्थलमा आएका वकिलहरूको विरोध गरेकी थिइन्। यसै क्रममा उनले आफूले लगाएको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन्।

सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले उनलाई तत्काल पक्राउ गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights