☰ open

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक पहिलो पटक आज

२०७९ मंसिर २२, बिहीबार ११:१३
मिडियाखबर

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक आज भएको छ । आज विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनमतका अध्यक्ष सिके राउतले सप्तरी १ बाट निर्वाचित भएका थिए भने समानुपातिक ५ जनाको नाम केन्द्रीय समिति बैठकले टुंग्याएर निर्वाचन आयोगलाई बुझाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights