☰ open

एमालेले बोलायो सचिवालय बैठक : समानुपातिकततर्फको सांसद छनोट गर्न

२०७९ मंसिर २२, बिहीबार १५:२७
मिडियाखबर

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। समानुपातिकततर्फको सांसद छनोट गर्न शुक्रबार सचिवालय बैठक बोलाएको हो।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै आगामी २४ गतेसम्म समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights