☰ open

जनमत पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यहरूको नाम टुंगो लगाए

४ वर्ष
मिडियाखबर

राउत नेतृत्वको जनमत पार्टीले बिहीबार काठमाडौंमा बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाका पाँच जना सांसदहरूको नाम टुंगो लगाएको हो।

प्रत्यक्षतर्फ एक सिट जितेको यो पार्टीले समानुपाति प्रणालीतर्फ पाँच सांसद पाएको छ।

जनमत पार्टीका एक नेताअनुसार बैठकले अनिता साह, अब्दुल खान, बिनीकुमारी दनुवार, सोनु मुर्मुर र गोमा सापकोटालाई समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार समानुपातिकतर्फका सांसदहरूको नाम शुक्रबार नै जनमत पार्टीले पेस गर्ने भएको छ। जनमतले प्रदेससभातर्फ मधेस प्रदेसमा ७ र लुम्बिनी प्रदेसमा २ सिट जितेको छ।

प्रदेससभातर्फको नामावली भने जनमत पार्टीले शनिबार टुंगो लगाउने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया