☰ open

उपत्यकामा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ

४ वर्ष
मिडियाखबर

उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।

उपत्यकावासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए। मेलम्चीको खानेपानी आजबाट तेस्रो पटक पुनः वितरण सुरु भएको हो ।

अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलमा पानी शुद्धिकरण गरेपछि उपत्यकामा घरघरमा वितरण गर्ने गरिन्छ।

गत वर्ष पनि मेलम्चीको पानी उपत्यकामा वितरण गरिएको थियो। तर बर्खा लागेपछि मेलम्चीको पानी ल्याउन छाडिएको थियो।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज महाँकालमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको सुरूवात गर्नेछन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया