☰ open

मधेसीबाट थारू र मुस्लिमलाई समुदाय हटाउने मधेसी आयोगको निर्णय

२०७९ मंसिर २७, मंगलवार १४:१८
मिडियाखबर

मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ। मंसिर २० गते बसेको आयोगको बैठकले थारू र मुस्लिम समुदायलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ।

मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारू र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय भएको छ। थारू र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउन भएको निर्णय कार्यान्वयनका लागि आयोगले प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचारसमेत गरेको छ।

थारू र मुस्लिम समुदायका विभिन्न संघ संगठनहरूले थारू र मुस्लिम समुदायको छुट्टै पहिचान तथा सभ्यता रहेको तथा मधेसी समुदायसँग नमिल्ने भएको भन्दै मधेसी क्लस्टरमा आफूहरूलाई नराख्न मधेसी आयोगमा उजुरी दिएका थिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights