☰ open

निर्वाचन आयोगले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको प्रतिवेदन बुझाउने

२०७९ मंसिर २८, बुधबार १५:२१
मिडियाखबर

निर्वाचन आयोगले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको प्रतिवेदन बुझाउने भएको छ।  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको हो।

निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिसमक्ष शुक्रबार प्रतिवेदन बुझाउने तयारी भएको जानकारी दिए।

समानुपातिक निर्वाचनको परिणाम घोषणा भएसँगै प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाश गर्ने कार्य सम्पन्न भएको उनले बताए।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन प्रतिवेदन अन्तिम नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेससभाको हकमा प्रदेस प्रमुखसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

प्रतिनिधिसभा निर्वाचनतर्फको प्रतिवेदन राष्ट्रपतिसमक्ष शुक्रबार र पुस २ गते प्रदेससभातर्फको प्रतिवेदन सातवटै प्रदेसका प्रदेस प्रमुखसमक्ष बुझाउने तयारी आयोगले गरेको ।

आयोगले तयार गरेको निर्वाचन प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेससभातर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्।

जसमा प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६.९० प्रतिशत) र महिला ९१ जना (३३.१० प्रतिशत) निर्वाचित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights