☰ open

धनुषा ४ मा महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट

२०७९ मंसिर २९, बिहीबार ११:२८
मिडियाखबर

महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । धनुषा–४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गराएका छन् ।

नेकपा एमालेका रघुवीर महासेठसँग यादव १ सय २४ मतान्तरले पराजित भएका हो ।

रघुवीर महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर निर्वाचित हुँदा महेन्द्र यादवले ३२ हजार १ सय १२ मत ल्याएका थियो । तर, निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हो ।

यादवले उनले दोहोयाएर मत गणना गर्न माग गरेका हो ।

रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights