☰ open

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने

४ वर्ष
मिडियाखबर

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका हो । आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरु र सरकारमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरेर उनीहरुले भ्रष्टाचार गरेको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्दछ ।’

यसका लागि भएका श्रोत साधन व्यापक परिचालन गरेर काम गरेर देखाउने बताएका प्रचण्ड भन्छन्, ‘म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर देखाउनेछु ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया