☰ open

मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको

२०७९ मंसिर २९, बिहीबार १२:४०
मिडियाखबर

निर्वाचन आयोगले मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ। ।

राष्ट्रपति भवनमा एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्। आयोगले बुधबार पत्रकार सम्मेलन गरी अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो।

साथै आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन पेश गर्ने भएको छ। थपलियाका अनुसार पुस २ गते प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी छ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights