☰ open

बिहीबार १४.४८ घट्यो नेप्से

२०७९ मंसिर २९, बिहीबार १५:३५
मिडियाखबर

साताको अन्तिम कारोबार दिन सेयर बजारमा  १४.४८ अंकले घटेको नेप्से १८८२.६० बिन्दुमा झरेको हो ।

बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको हो । बिहीबार १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको हो । बिहीबार सबै उपसूचकहरु घटे । सबैभन्दा धेरै वित्त उपसूचकको सेयर मूल्य घटेको हो ।

बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढेर ८१७.१० रुपैयाँ कायम भएको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले मूल्य बढेको हो ।

बिहीबार पिपुल्स हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लाग्यो । नबिल ब्यालेन्स्ड फण्ड २ को ७.२३, लक्ष्मी इक्विटी फण्डको मूल्य ५.६५ प्रतिशतले घटेको छ । यो साताभर बजारमा उतारचढाव देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights