☰ open

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पदबाट मनोज प्रभाकरले राजनीनामा दिएका

२०७९ मंसिर २९, बिहीबार १५:५५
मिडियाखबर

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पदबाट मनोज प्रभाकरले राजनीनामा दिएका छन्। नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले पदबाट राजनीनामा दिएका हुन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले उनको राजीनामा स्वीकृत गरेको छ।

मनोज प्रभाकरले १५ डिसेम्बर २०२२ बाट तत्काल लागू हुने गरी पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिनुभएको छ। क्यानले उनको राजीनामा स्वीकृत गरेको छ,’ क्यानले भनेको छ।

नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको पाँच महिनापछि प्रभाकरले पदबाट राजीनामा दिएका हुन्। क्यानले उनलाई २३ साउनमा मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो।

पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा प्रभाकारलाई नियुक्त गरेको थियो। भारतका पूर्वक्रिकेटर ५९ वर्षीय प्रभाकर यसअघि अफगानिस्तानको टिम सम्हालेका थिए।

त्यस्तै उनीसँग रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तरप्रदेसको टोलीको प्रशिक्षक भएर काम गरेको अनुभव छ। भारतका पूर्वअलराउन्डर प्रभाकर ३० टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights